झिंगेदाउ र सम्झना बिर्सना को रिलिज मिति घोषणा

चैत १३, २०७८


थप दुई नेपाली फिल्म ‘झिंगेदाउ’ र ‘सम्झना बिर्सना’ ले प्रदर्शन मिति घोषणा गरेका छन् । केकी अधिकारी र आँचल शर्मा अभिनित ‘झिंगे दाउ’ भदौ ३१ गते रिलिज हुने भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा ‘बुलबुल’ फेम्ड मुकुन भुसालको समेत अभिनय छ । प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । फिल्मको पोस्टरमा केकी, आँचल र मुकुन चित्रित छन् ।

यसैगरी आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित फिल्म ‘सम्झना बिर्सना’ जेठ ६ गते देखि प्रदर्शनमा आउने भएको छ । आदित्य प्रधानले निर्देशन गरेको फिल्मलाई नेपालका साथै दार्जिलिङ र सिक्किममा पनि छायांकन गरिएको छ ।