फ्लोरमा ‘नजाउ छोडी’

चैत १३, २०७८


अमर वलीको निर्देशन रहने फिल्म ‘नजाउ छोडी’ को छायांकन सुरु भएको छ । फिल्मको शनिबारदेखि चितवनको भरतपुरमा छायाँकन शुरु भएको हो । छायांकन अगाडि फिल्मको मुहूर्त गरिएको थियो ।
ए।डी। पिचार्स प्रालिको प्रस्तुति रहेको फिल्म ‘नजाउ छोडी’ का निर्माता लीला डाँगी, प्रस्तुत कर्ता राज बर्मा, सह–निर्देशक दीप्तप्रकाश अधिकारी हुन् ।

फिल्म विशुद्ध प्रेममा आधारित रहेर निर्माण गर्न लागिएको निर्देशक वलीले बताए । तिलबहादुर कार्की, सिद्धान्त बोहरा, प्रवीन एनबि, रुपक बुढाथोकी, सनिया खान, प्रेम खड्का, प्रितिमा शर्मा, बलु राना, दिनेश पाठक, लोकबहादुर रसाइली लगायतको अभिनय फिल्ममा रहनेछ ।
यस अगाडि ‘धर्ती पुत्र’ लगायत केही फिल्म निर्देशन गरेका वलीले थुप्रै म्युजिक भिडियो निर्देशन गरेका छन् । छायाँकार शिवशरण न्यौपाने, श्रीङ्गार गीतञ्जली योगी, द्वन्द्व कुमार महर्जनको रहने फिल्ममा संगीत सन्तोष श्रेष्ठको रहेको छ ।