सलोनले खोले लाउन्च एण्ड बार

चैत ३०, २०७८


पछिल्लो समय थुप्रै कलाकार रेष्टुरेन्ट व्यवसायमा आवद्ध छन् । यो भिडमा अभिनेता सलोन बस्नेत पनि थपिएका छन् ।

बस्नेतले नयाँ वर्षको अवसर पारेर ललितपुरस्थित झम्सीखेलमा आसन लाउन्च एण्ड बार सञ्चालनमा ल्याएका हुन् । करिब १ करोडभन्दा बढी लगानीमा लाउन्च सञ्चालनमा ल्याएको बस्नेतले बताए । बस्नेतलाई उक्त व्यवसायमा साथी रविन कँडेलले सघाएका छन् ।

हरेक दिन लाइभ म्यूजिक प्रस्तुति हुने लाउन्चमा ‘सफिक हप ब्यान्ड’ले गीत गाउने छ । लाउन्चमा इन्डियन, चाइनिज, कन्टिनेन्टल लगायत सबै प्रकारका खानेकुरा पाइने अभिनेता सलोनले बताए । ‘हाम्रोमा मिटिङ हल, सभा हलसँगै पार्किङ सुविधा पनि छ । यहाँ १ सय ५० जनासम्मले आरामदायी सुविधासहित सेवा पाउनुहुनेछ’, सलोनले भने ।