आकाश स्टारर ‘हिँड्दा हिँड्दै’ फस्टलुक पोस्टर सार्वजनिक

साउन १६, २०७९



काठमाडौ। नायक आकाश श्रेष्ठ स्टारर चलचित्र ‘हिँड्दा हिँड्दै’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। सोमबार निर्माण टिमले चलचित्रको फस्र्टलुक पोस्टर सार्वजनिक गरेको हो।

रेखा शाहले नायिका भएर रजतपट डेब्यु गर्न लागेको चलचित्र ‘हिँड्दा हिँड्दै’लाई मिलन आले मगरले निर्देशन गरेका छन्। सुशील पंगेनीको लेखन तथा निर्माण रहेको चलचित्र आगामी माघ २० गतेबाट देशव्यापी प्रदर्शन हुँदैछ। बिमल श्रेष्ठको प्रस्तुतिमा राजकुमार थिङ निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।