“रेडियो एफएम समन्वय तथा प्रचार प्रसार “उपसमितिको सदस्यमा दाङबाट शरद रेग्मी नियुक्त ।

कार्तिक ०५, २०७९


दाङ, कार्तिक ५ । नेपाली कांग्रेसले प्रदेश र सङ्घिय निर्वाचनमा पार्टीको पक्षमा प्रचार–प्रसार अभियानलाई व्यापक बनाउन रेडियो एफएम समन्वय तथा प्रचार प्रसार उपसमिति गठन गरेको छ ।

कांग्रेसको प्रदेश र सङ्घिय निर्वाचन प्रचार–प्रसार समितिका संयोजक एवम पार्टिका प्रबक्ता डाक्टर प्रकाश शरण महतको सभापतित्वमा बसेको समितिको बैठकले रेडियो एफएम मार्फत आगामी मसिर ४ गते हुने प्रदेश र सङ्घिय निर्वाचनमा पार्टीको पक्षमा प्रचार प्रार र समन्वय गर्न सो उपसमिति गठन गरेको जनाएको छ ।
उपसमितिको सदस्यमा दाङबाट रेडियो सन्जिवनि एफएमका स्टेशन म्यानेजर,तथा रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लाई चयन गरिएको छ । त्यसैगरि रेडियो हाईवयका प्रबन्धक केपि घिमिरेलाई पनि रेडियो एफएम समन्वय तथा प्रचार प्रसार “उपसमितिको सदस्यमा नियुक्त गरिएको छ ।

पार्टिका प्रबक्ता एवम नेता डाक्टर प्रकाशसरण महतले शनिवार देखिनै पार्टिको समग्र अबस्था,गठबन्धनको आबश्यकता र बर्तमान परिस्थितिका बारेमा बिभिन्न जिल्लाको रिपोटिङ सुरु गर्नु भएको छ ।