रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु

कार्तिक १५, २०७९


रोल्पा, १५ कात्तिक । 

रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुन्टीगढी गाँउपालिका १ ढाँप्चा निवासी लक्षिराम रानाका छोरा ३१ वर्षीय लेखनाथ राना रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । घर नजिकैको गाँउबाट घर तर्फ फर्कने क्रममा घर देखी १५० मिटर दक्षीण तर्फ रहेको गोरेटो बाटोबाट करीब १५० मिटर तल खस्दा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भिरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानियले देखेपछी प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा गएर बुज्दा रानाले अत्याधिक मादक पदार्थ सेवन गरेको कारण भिरबाट लढेको बुझीएको प्रहरीको भनाई रहेको छ । मृतकको शवलाई पोष्टमार्टमको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।