मतदातालाई भेट्न टोल-टोलमा उम्मेद्वार

कार्तिक १७, २०७९


दाङ १६ कार्तिक ।

दाङ क्षेत्र नं.२ ‘क’ का उम्मेद्वार राजु खनाल मतदाता भेट्न टोल टोलमा पुगेका छन् । बुधबार घोराही १८ र घोराही १४ का विभिन्न टोलमा पुगेर मतदाता संग भेटघाट गरेका हुन् । भेटघाटमा पुगेका खनाललाई मतदाताले आफ्ना समस्या राखेका थिए ।

समस्याको बारेमा जानकारी लिदै उम्मेदवार खनालले आफुले आफनो क्षेत्रबाट समस्या समाधान गर्ने बताएका थिए । आफु सधै जनताको साथमा रहेको बताए । ‘म हिजो पनि साथमा थिए भोली पनि हुने छु’ खनालले भने । देशका लागि गठवन्धन आवश्यक रहेकाले गठवन्धनका उम्मेद्वारहरुलाई विजयी बनाउन समेत उनले आग्रह गरेका थिए ।

विपक्षीहरुले गठवन्धन बलियो देखेर विभिन्न भ्रम फैलाउने गरेको भन्दै सचेत बन्न समेत आग्रह गरे । आफ्नो क्षेत्रको विकासका र नागरिकलाई अधिकार प्रदान गर्ने योग्य उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

देशलाई अशान्तिबाट बचाउनका लागि गठवन्धन गरेर अगाडि बढेको समेत स्पष्ट पारे । अहिलेको गठवन्धनले देशमा संविधानको रक्षा तथा शान्ति स्थापनाको लागि काम गर्ने उनको भनाइ रहेको छ ।