खड्कपुर-गिधनीयामा सडक र खानेपानीको समस्या समाधान गर्छौ : एमाले उम्मेदवार

कार्तिक १७, २०७९


तुलसीपुर १७ कार्तिक ।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार कोमल वलीले जनताले दिएको मतको सधै कदर गर्ने बताएकी छिन् । पश्चिमको शान्तीनगर गाउँपालीका वडा नम्बर ४ को खड्कपुर, गिधनियाका मतदाता संगको भेटमा उनले यस्तो बताएकी हुन् ।

त्यहाँ सडक र खानेपानीको मुख्य समस्या रहेकोमा निर्वाचित भएको एक बर्षमै जनताका समस्या समाधान गर्ने उनले बताएकी थिइन् । त्यसैगरी एकली खोलामा पुल निर्माण गर्ने उनको प्रतिबद्धता थियो ।

त्यस्तै निर्वाचन क्षेत्र ३ ‘ख’ का प्रदेश सभा सदस्यका उम्मेदवार हुकुम बहादुर बस्नेतले नागरीकका मुख्य समस्या समाधान एमालेले गर्ने बताएका थिए । यहाँका जनतालाई श्वास्थ्य,सडक र खानेपानीको मुख्य समस्या भएको हुदा समाधान गर्ने बताएका थिए ।

उनले जिल्लाका विभिन्न स्थानमा एमाले सरकारले अघि सारेका विकास निर्माणका कामहरु गठबन्धनको प्रदेश सरकारले खारेज गरेर जनता माथि घात गरेको बताएका थिए । त्यस अवसरमा एमालेका नेताहरु भुवनेश्वर पौडेल, भागिराम चौधरी, विष्णु केसी लगायतले बोलेका थिए ।