‘नम्बरी सुन’को मुख्य अभिनेतामा आमेष भण्डारी अनुबन्धित

कार्तिक १७, २०७९


काठमाडौ। राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘नम्बरी सुन’को मुख्य भुमिकामा अभिनेता आमेष भण्डारी अनुबन्धित भएका छन् । बिहिबार निर्माण टिम र आमेषवीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।

निर्देशक गिरी ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको बताउँछन् । मंसीर ७ गतेबाट फ्लोरमा जाने सिनेमाबाट लामो समयपछि द्धन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन् । सिनेमाका लागी अन्य कलाकार छनोटको चरणमा रहेकको निर्माण टिमले जनाएको छ ।

सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमाको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । सिनेमामा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियार, गायिकाको स्वर रहनेछ । लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा सिनेमाको छायाङ्कन गरिने छ ।