प्रतिगमनको हार, अग्रगमनको जीत पक्का छ : पूर्वसभामुख महरा

कार्तिक २०, २०७९


दाङ २०, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले मंसिर ४ प्रतिगमनका हार, अग्रगमनको जीत पक्का रहेको बताएका छन् । दाङ क्षेत्र नं. २(२) ले संयुक्त बाम लोकतान्त्रिक गठबन्धनले नारायणपुरमा आयोजना गरेको पार्टी कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता महराले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै नेता महराले परिवर्तित व्यवस्थालाई स्वीकार गर्न नसक्दा पटक पटक संसद भंग गरी मुलुकलाई अस्थीरता तर्फ लैजान खोज्दा मुलुकको रक्षाका लागि अग्रगमनकारी एकताबद्ध भई प्रतिगमनका बिरुद्ध गठबन्धनका माध्यमबाट मुलुकको रक्षाका लागि उभिएको उनले बताए । उनले भने– गठबन्धन राष्ट्रिय आवश्यकताका लागि भएको हो । गठबन्धन अग्रगमन हो भने केपी ओली प्रतिमगनकारी हुन् । जसलाई आगामी मंसिर ४ मा नेपाली जनताले हारको उपहार दिएर मुलुकको स्वाभिनता र संविधानको रक्षाका लागि अग्रगमनलाई बिजयी बनाउने छन् । त्यो अभिलाषा दङ्गाली जनतामा पनि रहेको उनले बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका साझा उम्म्देवार दीपक गिरीले नेकपा एमाले झुठको खेती गर्दै जनतामा भ्रम छर्ने काम गरिरहेकाले दङ्गाली जनता प्रतिगमनकारीहरुको भ्रमको नपरी मुलुकले प्राप्त गरेको संघीय लोकतान्त्रिक व्यवस्था रक्षा लागि अग्रगमन अर्थात संयुक्त बामलोकतान्त्रिक गठबन्धनलाई बिजयी गराउन अनुुरोध गरेका थिए । उनले भने– नेकपा एमालेका महासचिव भावी प्रधानमन्त्रीको भ्रम छर्दैन छन रे । कुन सरकारको प्रधानमन्त्री हुने हो । एमाले प्रतिगमनकारीहरुको झुुण्ठ हो । सरकार होईन । जसका कारण इमानको राजननीति संस्कार र पद्धती अवलम्वन गरी जनतालाई भ्रसमित नपार्न समेत उनको भनाई थियो ।
कार्यक्रममा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका साझा उम्मेद्वार रेखा शर्माले नेकपा एमाले महासचिव शंकर पोख्रेलले प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारी समाल्दै गर्दा विकास निर्माणका योजनाहरु अलपत्र परेको आरोप लगाईन । जसका कारण दाङको लमही – तुुलसीपुर फोरलेन सडकदेखि कयौ पुलपुलेसा समेत अलपत्र पारेको बताउनुुभयो । तर अहिले गठबन्धनकारीहरु शक्तिहरु बीच चलखेल गर्न एजेण्डा बिहिन बन्दै माओवादीले काँग्रेसलाई, काँग्रेसले माओवादीलाई भोट कसरी दिन्छन भन्दै हिडिरहेको उनलेका भनाई थियो । तर यो राष्ट्रिय आवश्यकताको गठबन्त्रन रहेकाले जनता भ्रमित पार्ने काम नगर्न र जनता भम्रमा नपर्न पनि उनले आग्रह थियो । उनले भनिन– ‘यो पवित्र गठबन्धन हो । प्रतिगमनकारी वा राजावादीहरुको गठबन्धन होईन । कार्यक्रममा दाङ क्षेत्र नं. २ (१) प्रदेशसभा सदस्य उम्मेद्वार राजु खनाल, २ (२) साझा उम्मेद्वार प्रचण्ड बिक्रम न्यौपाने, एकिकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, अनिता देवकोटा, लुम्विनी प्रदेशका सह–महामन्त्री खगराज पाण्डे, नेपाली काँग्रेसका दाङका सभापति शंकरप्रसाद डाँगी, नेकपा माओवादी दाङका इन्चार्ज निर्मल आचार्य, सहईन्चार्ज हेमराज शर्मा लागयतका भनाई राखेका थिए ।