स्थानीयले खुस्काईदिए घोराहीका मेयरको गाडीको हावा

मङि्सर ०३, २०७९


तुलसीपुर,३ मंसिर ।
निर्वाचनका लागि मतदान गर्ने एक दिन मात्रै बाँकी रहेको समयमा दाङको घोराही उपमहानगरपालिकाका प्रमूख नरुलाल चौधरीले प्रयोग गर्ने गाडीको स्थानीयवासीले हावा खुस्काइ दिएका छन् ।

घोराही उपमहानगरपालिका १७ को गाँउमा चुनाव प्रभावित पार्न र आर्थिक प्रलोभनमा पार्नकालागि गाँउमा आएको भन्दै स्थानिय वासिन्दाले नगर प्रमूख चढ्ने घोराही उपमहानगरपालिकाको रा १ झ १४५ नम्बरको गाडीको हावा खुस्काइ दिएका हुन । स्थानियले नियन्त्रणमा लिएर हावा खुस्काइदिएको गाडी प्रशासनको जिम्मा लगाएका छन् ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका एमाले महासचिब शंकर पोख्रेललाई जिताउन नगर प्रमूख चौधरी आज बिहानै उक्त गाउँमा पुगेका थिए ।

यस अघि पनि नगर प्रमूख चौधरी निर्वाचन आचार संहिताको उल्घंन गर्दै एमाले महासचिब शंकर पोख्रेलको चुनावी प्रचारमा हिड्दै र प्रचार प्रसारमा हिडिरहेका थिए । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नरुलाल चौधरी निर्वाचित भएका थिए ।