दाङमा साढे २ लाख मत खस्यो

मङि्सर ०४, २०७९


दाङ, ४ मंसिर ।
दाङमा साढे २ लाख बढि मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार जम्मा ४ लाख १४ हजार ९ सय ४६ मतदाता मध्ये तीन वटै क्षेत्रमा गरि २ लाख ५० हजार ५४३ मत खसेको छ ।

दाङ क्षेत्र नं.१ मा एक लाख ३४ हजार ७ सय ३३ मतदाता मध्ये ८० हजार ७ सय, क्षेत्र नं.२ मा एक लाख ३३ हजार ७ सय ४८ मतदाता मध्ये ७९ हजार ४ सय ४६ र क्षेत्र नं. ३ मा एक लाख ४६ हजार चारसय ७५ मतदाता मध्ये ९० हजार एक सय ५० मत खसेको छ । त्यस्तै तुलसीपुर कारागार अस्थायी मतदान केन्द्रमा ३१४ मतदाता मध्ये १३६ मत खसेको छ, भने अस्थायी मतदान केन्द्र घोराहीमा ४२८ मतदातामध्ये १११ जनाले मतदान गरेका छन् ।

अहिले राति साढे ८ बजेतिर दाङका तीन वटै निर्वाचनमा मतपेटिक आउने क्रम जारी छ । दाङ क्षेत्र नं। १ को लमही नगरपालिका, क्षेत्र नं।२ को जिल्ला समन्वय समितिको हल र क्षेत्र नं. ३ को भू–तथा जलाधार ब्यबस्थापन कार्यालय तुलसीपुरमा मतगणना हुदैछ । जिल्लामा प्रतिनिधिसभाकालागि ४३ जना उम्मेदवार छन्, भने प्रदेशसभाकालागि ४६ उम्मेदवार छन् ।