मतगणना नसकिँदै काठमाडौं ४ बाट गगन थापा विजयी
मङि्सर ०६, २०७९
सम्पूर्ण कुरा
![](https://sampurnakura.com/wp-content/themes/sampurnakura/images/sidelogo.png)
![](https://sampurnakura.com/wp-content/uploads/2022/11/gagan-1024x682.jpg)
काठमाडौं– ४ मा मतणना नसकिँदै नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् । नेकपा एमालेका राजन भट्टरार्ईलाई भारती मतान्तरले पछि पार्दै उनी सांसद निर्वाचित भएका हुन् ।
![](https://www.nepalpress.com/wp-content/uploads/2021/08/1100x120.gif)
![](https://www.nepalpress.com/wp-content/uploads/2022/10/810-x-100.gif)
अहिलेसम्म यस क्षेत्रमा ४३ हजार ३ सय ९६ मतको गणना सकिएको छ । खसेको मत ४८ हजार ८५९ मत हो । अब ५ हजार ४ सय ६३ मत गन्न बाँकी छँदा गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ । यसर्थ अबको गणनामा कुनै मत नआए पनि गगन विजयी हुनेछन् ।
अहिलेसम्मको गणनामा गगनले २० हजार ४१७ भोट ल्याएका छन् भने एमालेका भट्टराईको १३ हजार ३२ भोट छ । यस्तै राप्रपाले ३ हजार ६ सय ९३ र लौरोको ११ सय ३३ भोट आएको छ । गगनले विजयको औपचारिक घोषणाका लागि केही समय प्रतिक्षा गर्नुपर्ने छ ।
काठमाडौं–४ गगनले निरन्तर चुनाव जित्दै आएको क्षेत्र हो । अघिल्लो चुनावमा पनि उनले एमालेका भट्टराईलाई नै हराएर विजयी भएका थिए ।