चितवन-२ मा रवि लामिछाने ४ हजार २ सय २८ मतले अघी
मङि्सर ०७, २०७९

चितवन मंसिर ७, चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार २१ हजार ३ सय २ मत गन्दा घण्टी चिन्हका रवि लामिछानेले ९ हजार ५ सय १६ मत ल्याउनु भएको छ । लामिछानेलाई पोख्रेलले पछ्इरहनु भएको छ ।
एमालेका कृष्ण भक्त पोख्रेलले ५ हजार २ सय ८८ मत ल्याउनु भएको छ । पोख्रेल भन्दा लामिछाने ४ हजार २ सय २८ मतले अघी हुनुहुन्छ । कांग्रेसका उमेश श्रेष्ठले ५ हजार १ सय २९ मत प्राप्त गर्नु भएको छ ।