बालुवाटारमा प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव नेपालको छुट्टाछुट्टै भेटवार्ता

मङि्सर १२, २०७९


मंसिर १२, प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन् । आज बिहान बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

अहिलेकै पाँच दलीय गठबन्धनबाट नयाँ सरकार बनाउने जमर्को उनीहरूको छ । शनिबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच अहिलेकै गठबन्धनले नयाँ सरकार बनाउनेबारे समझदारी बनेको थियो ।

बालुवाटार स्रोतका अनुसार आज बिहान एकीकृत समाजवादीका अध्यक्ष नेपाल र माओवादी अध्यक्ष प्रचण्डले देउवासँग छुट्टाछुट्टै कुराकानी गरेका हुन् । उनीहरूबीच चुनावी परिणामको समीक्षा, समसामयिक राजनीति र भावी सरकारका विषयमा कुराकानी भएको बताइएको छ ।