विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने

पुष ०३, २०७९


पुस ३, जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८:४५ बजे सुरु हुनेछ । यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २\० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३\० ले हराएको थियो । फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् ।