प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ

पुष ०७, २०७९


पुस ७, प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् । ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर जबराले सांसदहरूलाई शपथ खुवाएका हुन् । प्रतिनिधि सभामा २७५ जना सांसद छन् । तर आज ८४ जना सांसद अनुपस्थित रहेका थिए । सांसदका रूपमा कामकारबाही गर्नुभन्दा पहिले शपथ लिनुपर्ने व्यवस्था संविधानमा छ । संसदमा ८९ जना सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । ७८ सांसदसहित नेकपा एमाले दोस्रो ठूलो दल हो भने नेकपा माओवादी केन्द्रबाट ३२ जना सांसद छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० जना, राप्रपाबाट १४ जना, नेकपा एकीकृत समाजवादीका १० जना, जसपाका १२ जना, जनमत पार्टीका ६ जना जना, नागरिक उन्मुक्ति पार्टीबाट ३ जना, लोसपाका ४ जना, स्वतन्त्र ५ जना, राष्ट्रिय जनमोर्चाबाट १, नेमकिपाबाट १ जना सांसद छन् । विभिन्न १४ भाषामा २५ जना सांसदले शपथ लिएका थिए । अरूले नेपाली भाषामा शपथ लिएका छन् ।