लुम्बिनी प्रदेश माओवादी संसदीय दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत

पुष १८, २०७९


पुष १८, नेकपा माओवादी केन्द्र लुम्बिनीले दलको नेतामा जोखबहादुर महरालाई चयन गरेको छ । माओवादी स्थायी समितिका सदस्य एवं रोल्पा १ (१) बाट निर्वाचित महरा सर्वसम्मत दलको नेता चयन भएका हुन् । स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको प्रस्तावमा उनलाई दलको नेता चयन गरिएको माओवादी लुम्बिनीले जनाएको छ ।