प्रचण्डलाई विश्वासको मत दिने कि नदिने सस्पेन्समै रहोस : माधव नेपाल

पुष २०, २०७९


पुस २०, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । बुधबार युवा संघ नेपालको कार्यक्रममा अध्यक्ष नेपालले अहिले नै सरकारबारे बोल्न हतार नभएको बताए । हामी अगाडि सरेर बोल्न के हतार रु हामीलाई के बित्दो छ र २६ गते विश्वासको मत लिने हो । त्यही दिन निर्णय लिए पुगेन ? उनले भने, त्यतिन्जेल सस्पेन्समै रहोस् ।

उनले अहिले राजनीतिक अवस्था प्रष्ट नभएकाले आफूहरुले निर्णय गर्न हतार नगरेको बताए । पोलिटिकल सिनारियो क्लियर हुनुप¥यो नि, सरकारले कस्तो नीति लिन्छ भन्ने हेर्नै पाएको छैन उनले भने, प्रचण्डजीको अनुहार हेरेर समर्थन गरिदिने भनिदिउँला, तर अनुहारले मात्र हुँदैन, त्यहाँ अनेक छन् के के गर्छन् थाहा छैन । सरकारमा संलग्न दलहरुले सरकार बनाउँदा र नीति तथा कार्यक्रम बनाउँदा नसोधेको भन्दै सरकारमा जान हतार गर्न नहुने अध्यक्ष नेपालले बताए ।