राप्रपालाई उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय

माघ ०३, २०७९


माघ ३, सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दिने निर्णय गरेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार राप्रपालाई उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय दिने निर्णय बैठकले गरेको हो । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्रीका रूपमा सरकारमा जाने स्रोत बताउँछ। सहरी विकास र खेलकुद मन्त्रालयको जिम्मेवारी भने कसलाई दिने टुंगो भइसकेको छैन ।

बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई बराबर भागबन्डा गरेको । यसअनुसार स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री सहित तीन मन्त्रालय पाएको छ । स्वतन्त्र पार्टीबाट अहिले नै अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री छन् भने यसबाहेक उसले शिक्षा र श्रम मन्त्रालय पाएको छ । रास्वपाले सत्ता गठबन्धन दलहरूबीच भागबन्डामा सहमति भएपछि त्यसै आधारमा मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको छ ।