सिंहदरबारमा प्रचण्ड, ओली र देउवाबीच भेट

माघ २३, २०७९


माघ २३, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त छलफल गरेका छन् । प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिलाई जोड दिइरहेको बेलामा ओली र देउवासँग संयुक्त छलफल गरेका हुन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा अहिले छलफल जारी छ ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमल्सिनाले राष्ट्रिय महत्वको विषयमा अनौपचारिक छलफलका लागि शीर्ष नेताहरूलाई बोलाइएको बताए । सीमा व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्रीले उच्च पदस्थ अधिकारीहरूसँग छलफल गर्ने क्रममा ओली र देउवालाई पनि बोलाइएको हो ।