उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन

चैत २९, २०७९     सम्पूर्ण कुरा


नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । उद्योगी व्यवसायीहरूको छाता संस्था महासंघको ५७ औँ साधारणसभाले महासंघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुन लागेको हो । यस महास‌ंघको हिजो उद्घाटन भएको थियो ।

हिजोबाट सुरु भएको साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष  चन्द्र ढकाल विद्यानत: स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आजबाट निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यस अघि नै घोषणा गरिसकेका छन् । यसरी निर्वाचित हुने महासंघको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एशोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।

यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एशोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ ।