राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

बैशाख ०५, २०८०


वैशाख ५, राष्ट्रियसभाको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो २ः३१ बजेका लागि तय बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक स्थगित भएको संसद संसदको महासचिव डा.भरतराज गौतमले बताएका छन् । बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्नेगरी अध्यक्षले निर्धारण गर्ने जनाइएको छ ।