१० संसदीय समितिका बैठक आज एकै समयमा बस्दै

जेठ ०२, २०८०


प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक आज बिहान बस्दैछन् । सबै समितिका बैठक बिहान नौ बोलाइएको छ ।

प्रतिनिधिसभा गठन भएको छ महिनासम्म पनि मिनी संसद भनिने संसदीय समितिहरू क्रियाशील थिएनन् ।सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिएका थिए ।