समस्या पहिचान गरी नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्छ : गगन थापा

जेठ १०, २०८०


जेठ १०, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समस्या पहिचान गरेर नीति तथा कार्यक्रम कार्यान्वयन गराउन जोड गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै निर्वाचनपछि बनेको सरकारको क्याप्टेन प्रधानमन्त्री हुने बताए । उनले भने, क्याप्टेनलाई के थाहा हुन्छ भनेर समय निश्चित छ, स्रोत सीमित छ । आवश्यकता र आकांक्षा ठुलो हुन्छ । यो पृष्ठभूमिका के गर्ने र कसरी गर्ने भन्ने कुरामा प्रधानमन्त्री स्पष्ट हुनुपर्छ । यस्तो बेलामा क्याप्टेनलाई के गर्ने के नगर्ने भन्ने थाहा हुन्छ ।

उनले प्रधानमन्त्रीको भाषण सुन्दै गर्दा सबै कुरा थाहा भए जस्तो लागेपनि केही थाहा नहुने टिप्पणी गरे । उनले भने, अहिले नयाँ सरकार आएको छ । प्रधानमन्त्रीको भाषण सुन्दै गर्दा सबै कुरा थाहा छ जस्तो लाग्छ । तर, वास्तममा थाहा हुँदैन । यो एक प्रकरणको बयानबाजी मात्रै हुन्छ । के गर्ने कसरी गर्ने भन्ने थाहा हुँदैन । त्यो थाहा नभएपछि मन्त्रीलाई पनि थाहा हुँदैन ।