शीर्ष नेताहरुलाई रविले भने : यो संसदको दुरुपयोग नगर्नुस्

जेठ १०, २०८०


जेठ १०, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले ठूला दलका नेताहरुले संसदको रोष्ट्रमलाई एक अर्काप्रति कटाक्षका लागि मात्र प्रयोग गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले ठूला दलका नेताहरुले आफ्नो कार्यकालमा गरेको कामको विवरण संसदमा सुनाए पनि सरकारी अस्पताल र विद्यालय हेर्दा उनीहरुको काम कस्तो छ थाहा हुने बताए । तपाईंहरुले यो ३० वर्षमा के गर्नुभयो ? कसो गर्नुभयो बुझ्नका लागि एक पटक कान्ति बाल अस्पताल जानुहोला, सरकारी कुनै अस्पताल जानुहोला, गरिब विपन्न मानिसहरु पढेका विद्यालय जानुहोला, तपाईंले चुनेको, जानेको, ठानेको यहाँ जान्छु भनेर तपाईंले चुज गरेको ठाउँ गएर हेर्नुहोला ।