नागरिकको स्वास्थ्यसँग कुनै सम्झौता हुदैन : स्वास्थ्य मन्त्री राजु खनाल

जेठ १२, २०८०


घोराही, १२ जेठ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त स्वास्थ्य मन्त्री राजु खनालले नागरिकको स्वास्थ्यसँग कुनै प्रकारका सम्झौता नहुने बताउनु भएको छ । नेपाली कांग्रेस दाङले शुक्रबार घोराहीमा आयोजना गरेको नवनियुक्त स्वास्थ्य मन्त्रीलाई बधाई तथा सम्मान कार्यक्रममा मन्त्री खनालले अहिले नागरिकहरु कम्जोर आर्थिक अबस्थामा भएकाले आधारभुत आबश्यक्ता भित्र पर्ने स्वास्थ्य सेवालाई नागरिकको पहुँच भन्दा टाढा जान नदिने बताउनु भयो । नागरिकका आबश्यक्ता पूर्तिका लागी गर्नुपर्ने कार्यहरुको सुझाव दिन आग्रह गर्दै मन्त्री खनालले सरकार व्यक्तिले नभई पार्टिले सञ्चालन गर्ने भएकाले सरकारका कामलाई प्रभावकारी बनाउने दायीत्व आम नेता कार्यकर्ताको पनि भएको बताउनु भयो । त्यस्का लागी सरकार सञ्चालनमा गएकाहरुलाई तथ्य परक सुझाव दिन तथा सरकारले ल्याएका कार्यक्रम नागरिक सम्म पु¥याउन सहयोग गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका स्वास्थ्य मन्त्री खनालले पार्टीगत रूपमा आलोचना नगरी जनतालाई सरकार भएको महसुस गराउने गरी काम गर्ने बताएका बताउनु भयो । मन्त्री खनालले धेरै काम गर्ने आश्वासन दिलाउनुभन्दा गुणात्मक काम गर्नुपर्ने पक्षमा आफू रहेको भन्दै लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधारका लागि सरकारको तर्फबाट हुने काममा कुनै कमी नहुने बताउनु भयो । मन्त्री खनालले संगठन सबैभन्दा अपरिहार्य रहेको बताउँदै संगठन कुनै संघ, संस्थाका लागि मात्र नभई समाज र देशका लागि हुनपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको सभापति एवं लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख अतिथिमा पार्टी कार्यालय घोराही कार्यक्रम भएको थियो । जिल्ला उपसभापति कमान सिंह भारतीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अर्जुन योगीले गर्नुभएको थियो ।