स्वास्थ्य आँखा विना सुन्दर समाजको परिकल्पना गर्न सकिन

जेठ १६, २०८०


रोल्पा, १६ जेठ । स्वास्थ्य आँखा विना सुन्दर समाजको परिकल्पना गर्न नसक्ने सहभागीहरुले बताएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित लमही आँखा अस्पतालको आयोजनामा सुनिलस्मृति गाँउपालिका रोल्पाको सुलिचौरमा भएको छलफल कार्यक्रममा सहभागीहरुले भौतिक विकास संगै मानविय विकासमा आँखा स्वास्थ्य सेवापनि महत्वपूर्ण भएको बताएका थिए । एनएवीपी नर्वेको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघको ‘‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ छलफल कार्यक्रममा सहभागी जनप्रतिनिधिले पालिकाका जनतालाई उज्यालो अभियान सञ्चालन गरि अन्धोपन न्यूनिकरणका लागि साझेदारी प्रतिवद्धता जनाए । नेत्रज्योति संघ दाङका सदस्य घनश्याम सुवेदीज्यूको अध्यक्षता तथा सुनिलस्मृति गाँउपालिकाका रोल्पा सुलिचौरका अध्यक्ष मणिराम बुढाथोकिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बुढाथोकीले स्थानीय सरकारको दायित्वपनि जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको भन्दै नेपाल नेत्रज्योति संघले लिएको अभियानलाई सार्थक बताउने बताए । ‘हिजो यो रोल्पाको सुलिचौरमा आँखा उपचार केन्द्र राख्नुपर्छ भनेर लाग्ने मान्छे महु अव यसलाई स्त्तोउन्नति गरि यसलाई आँखा अस्पतालको रुपमा विकास गर्न हाम्रो सहयोग रहने- अध्यक्ष बुढाथोकीले भने । उनले लमही आँखा अस्पतालले सञ्चालन गर्दै आएको सुलिचौर आँखा उपचार केन्द्रलाई जग्गाको व्यवस्थापन भई हरेको भन्दै उज्यालो अभियानमा पनि साथ सहयोग रहने बताए । त्यस्तै उपाध्यक्ष मिना थापाले स्वास्थ्य आँखा विना सुन्दर समाज परिकल्पना गर्न नसकीने भन्दै विपन्न र आर्थिब अभावले गर्दा अझैपनि आँखा उपचार सेवा बाट धेरै मानिस बन्चीत भएको बताइन् । उनले यो बर्ष वजेटको व्यवस्थापन गरि आँखाको सेवालाई बढाउने सरकारको काम पनि भएको भन्दै उज्यालो अभियनामा आफुहरुले साथ दिने बताइन् । पालिकाका प्रतिनिधिहरुले तिनवटा गाउँपालिकालाई सेन्टर पर्ने स्थानमा आँखा उपचार केन्द्र राख्न पहल गर्ने भन्दै यसलाई आँखा अस्पतालको रुपमा विकास गर्न सहयोग गर्ने बताएका थिए । कार्यक्रममा सुनिलस्मृति गाउँपालिका बडा नंं.१ का वडाध्यक्ष पवन कुमार कवर २ का नेत्र बहादुर गिरी वडा अध्यक्ष ३ का कावा अध्यक्ष लाल बहादुर विष्ट वडा नं.४ का नं वडा अध्यक्ष ओविलाल बस्नेत, वडा नं.५ का मणि थापा, वडा नं.६ का लोकेन्द्रबहादुर थापा, वडा नं.७ का रेशम शर्मा, वडा नं.८ का अध्यक्ष धनराज रोका र स्वास्थ्य संयोजक मोतिम आलमले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सम्शेर थापाले रोल्पा जिल्ला ५ हजार २ सय ४८ जना आँखा विरामीहरु रहेको भन्दै नेपाल लुम्विनी प्रदेश, सुनिल स्मृति गाउँपालिकाको अन्धोपनको विषयमा जानकारी गराएका थिए । प्रमुख प्रशासक सम्शेर थापाले सहयोगी दातृ निकाय, राष्ट्रिय स्वास्थ्य नीति २०७६ र आँखा स्वास्थ्य रणनीति २०७९÷२०८६ को विषयमा सहभागीहरुलाई प्रकाश पारेका थिए । थापाले स्थानीय सरकारको दायित्व, नगरपालिका गाउँपालिकाले सञ्चालन गरेको साझेदारी कार्यक्रम, भावि योजना र आगामी आर्थिक बर्षमा हुने साझेदारी कार्यक्रम बारेमा जानकारी गराएका थिए । कार्यक्रमा संघका सदस्य घनस्याम सुवेदीले सवैको सहकार्य र एकतालेमात्र अन्धोपन न्युनिकरण हुने भन्दै स्थानीय सरकार संगको साझेदारीका अवधारणा व्यक्तगरेका थिए । कार्यक्रमको सहजिकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।