अभिनय प्रतियोगिताकाे अडिसन सम्पन्न

जेठ २०, २०८०


जेष्ठ २०, चलचित्र विकास बोर्डको आयोजना तथा चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाकाे सहकार्यमा आज घोराहीमा पहिलो चरणको अभिनय प्रतियोगिताको अडिसन सम्पन्न भएको छ । यो अभियानले बालबालिकालाई कलाकारितासँग जोड्ने र भविष्यमा राम्रा चलचित्र निर्माणका लागि दक्ष कलाकारहरू उत्पादनमा सहयोग पुग्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको चलचित्र विकास बोर्डका प्रवक्ता एवं कार्यक्रमका प्रमुख अतिथि केएल बुढाथोकीले बताउनुभयो ।

प्रतियोगितामा छनौट भएका प्रतियोगीहरूले आगामी असार १ देखि ३ गतेसम्म दाङमा सञ्चालन हुन लागेको राष्ट्रिय बाल चलचित्र महोत्सवमा भाग लिन पाउनेछन् । आजको प्रतियोगिताबाट ६ जना कलाकारहरू छनौट हुनुभएको छ ।
आगामी जेठ २६ गते तुलसीपुरमा पनि अडिसन हुने भएको छ । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नुभएको थियो । प्रतियोगिताको निर्णायकमा प्रवक्ता केएल बुढाथोकी, चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शिव पुन र सप्तरंगी टेलिभिजनका नारायण नेपाल रहनु भएकाे थियाे ।