लुम्बिनी प्रदेश स्तरिय महिला तथा पुरुष रग्बी प्रतियोगिता सुरु

जेठ २६, २०८०


लक्ष्मण बस्नेत, २६ जेठ दाङ । लुम्बिनी प्रदेश स्तरिय महिला तथा पुरुष रग्बी लिग प्रतियोगिता २०८० आज देखि दाङको बेलझुन्डिमा सुरु भएको छ । लुम्बिनी प्रदेश रग्बी संघको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले गर्नु भएको हो । उद्घाटन समारोह लाई सम्बोधन गर्दै सदस्य सचिव भट्टराईले मौगोलिक भुवनोट र हावापानीका दृष्टीकोणले पुर्ण लुम्बिनी प्रदेश लाई खेलकुदको गन्तव्यका रुपमा बिकास गर्नु पर्ने बताउनु भएको छ ।


खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग हो, देशको समृद्धीमा यसको महत्वपुर्ण भुमिका छ, त्यसैले आजै देखि खेल विकासमा जुटौ सिङ्गो लुम्बिनी प्रदेश खेलकुदको गन्तव्य अवश्य बन्नेछ उहाँले भन्नुभयो ।
सातवटै प्रदेशमा लुम्बिनी प्रदेश रग्बिमा अगाडि छ अव स्थानिय तहले ग्रमाणी स्तर बाटै खेल विकासको स्पष्ट खाँका कोर्दै पछिल्लो समय लोकप्रीय बन्दै गएको रग्बी खेलको विकासमा चासो र चिन्तन गर्नु पर्ने उहाँको भनाई छ ।

लुम्बिनी प्रदेश रग्बी संघका अध्यक्ष नवीन थापाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरिले विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आर्दशका साथ पालना गर्नु पर्ने बताउनु भयो । हामी उपमहानगरपालिकाको निति तथा कार्यक्रममा शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाई स्थान दिनेछौ,अब उपमहानगर लाई कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषय हाम्रो उच्च प्राथमिकतामा रहन्छ चौधरीले भन्नुभयो । रग्बी संघ दाङका अध्यक्ष डम्बर भण्डारिको स्वागत रहेको कार्यक्रमको संचालन खेलपत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो । प्रतियोगिताको महिला तथा पुरुष बिजेता टिमले नगद ५० हजार,ट्रफी,मेडल प्रमाणपत्र हात पार्नेछ ।


भोलि सनिवार सम्म चल्ने प्रतियोगितामा दाङ, बाके र बर्दिया जिल्लाका गरि महिला तर्फ ४ र पुरुष तर्फ ४ टिमको सहभागिता रहेको छ । यसैबिच प्रतियोगिताको आज सम्म सम्पन्न खेल तालिकामा पुरुष र महिला तर्फ दुई खेलमा जित हात पार्दै बर्दिया आठ अंकका साथ शिर्ष स्थानमा रहेको छ । प्रतियोगिता अन्तरगत भोलिका खेल बिहान ७ बजेदेखी सुरु हुने रग्बी संघ दाङका सचिव सन्तोष बुढाथोकीले जानकारी दिनु भएकोछ ।