लुम्बिनीको आन्तरिक मन्त्रालयले सच्चायो गल्ती, भोलिको बिदा दुई जिल्लामा मात्र

जेठ ३२, २०८०


लुम्बिनी सरकारले भूम्या पर्वको अवसरमा दुई जिल्लाहरुमा सार्वजनिक बिदा दिने भएको छ ।

दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै दाङको बिदा कटौती गरिएको छ । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको तर्फबाट बिहीबार सचिव लालबाबु कवारीले जारी गरेको पहिलो सूचनामा दाङसहित रुकुम पूर्व र रोल्पा जिल्लामा सार्वजनिक बिदा दिने भनिएको थियो ।

बिहीबार नै फेरि दोस्रो सूचना जारी गर्दैै भूल बस त्यसो हुन गएको भन्दै रुकुम पूर्व र रोल्पा जिल्लामा मात्रै बिदा दिइएको कुरा उल्लेख गरेका छन् ।

बिहीबार बसेको मन्त्रालयको बैठकले असार १ गते भूम्या पर्वको अवसरमा रुकुम पूर्व र रोल्पामा सार्वजनिक विदा दिएको पछिल्लो पटक जारी सूचनामार्फत जानकारी दिएको छ ।

मगर समुदायले भूम्या पर्व धुमधाम पूर्वक मनाउने गर्छन् । भुम्या पूजामा खासगरी जमिनको पूजा गरिन्छ । प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजा पाठसँगै नाच्ने चलन रहेको छ ।