कांग्रेस केन्द्रीय समितिमा छलफल गर्न महामन्त्री थापाले मागे एजेन्डा

असार ३१, २०८०


असार ३१, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकमा छलफल गर्नका लागि एजेन्डा माग गरेका छन् ।आफूलाई लागेका एजेन्डा thapagk@gmail.com मा इमेल गर्न सकिने थापाले बताए । यही साउन २ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । नीति अधिवेशन, यसअघि कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन, राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियान, सरकारका कामकारबाही लगायतबारे केन्द्रीय समितिमा छलफल हुनेछ ।

महामन्त्रीहरू र सभापति शेरबहादुर देउवा बसेर केन्द्रीय समितिको एजेन्डा तय हुन्छ । यसबाहेक केही विषयमा छलफल गर्न आवश्यक छ भन्ने लागेमा महामन्त्री थापालाई इमेल गरेर एजेन्डा पठाउन सकिनेछ । थापाले पार्टीलाई केही सुझाव छन् भने पनि पठाउन आग्रह गरेका छन् ।