भारतबाट घटेर आयो पेट्रोलको भाउ

असार ३१, २०८०


असार ३१, भारतीय आयल निगम आइओसी ले पेट्रोलियम पदार्थको नयाँ सूची पठाएको छ । आइओसीले पेट्रोलमा ३४ पैसा घटाएर र डिजेलमा २.४७ पैसा बढाएर पठाएको नेपाल आयल निगम एनओसीका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिएका छन् । नयाँ दर आएपनि एनओसीले यहाँको लागि कायम हुने मूल्य सार्वजनिक गर्न बाँकी छ । गत असार १८ बाट एनओसीले मुलुकभर पेट्रोलियम पदार्थको बहुदर कार्यान्वयनमा ल्याएको छ ।

चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा हाल भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटरमा कारोबार भइरहेको छ । यो क्षेत्रमा डिजेल र मट्टीतेल १४७ रूपैयाँ ५० पैसाका कारोबार भइरहेको छ । सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको १६९ रूपैयाँ प्रतिलिटर, डिजेल र मट्टीतेल १४९ रूपैयाँमा कारोबार भइरहेको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको १७० रूपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको छ । यो क्षेत्रमा डिजेल र मट्टीतेल प्रतिलिटर १५० रूपैयाँमा कारोबार भइरहेको छ ।