लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

साउन ०९, २०८०


दाङ ९, साउन। लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको २० औं बैठक आज मंगलबार बस्दैछ । सोमबार स्थगित गरिएको बैठक आज मंगलबार दिउँसो १ बजे बस्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था संचालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए ।

आजको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र छलफलमा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्रीले दिने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै सभामुख तुलाराम घर्तीले विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा बोल्ने, कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेरसम्बन्धी जानकारी गराउने कार्यसूची रहेको छ ।