पत्रे खोलाले बगाउँदा एक जना वृद्धा बेपत्ता

साउन २८, २०८०


साउन २८, पत्रे खोलाले बगाउँदा एक जना वृद्ध बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका-११ स्थित झमरेका ६४ वर्षीय तिलकराम विकलाई बगाउँदा बेपत्ता भएका हुन् । उनलाई खोला किनारामा गएको बेला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । अरु दिन झैं दिसा गर्न खोला किनारामा गएका विक अबेरसम्म पनि नफर्किएपछि परिवारका सदस्य खोजी गर्दै खोलासम्म पुगेका थिए । सो क्रममा खोला किनारामा उनको छाता, चश्मा र लठ्ठी फेला परेको थियो । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।