नेपाल प्रेस युनियन दाङको क्षेत्रीय समिती गठन

भदौ ०४, २०८०


भदौ ४, नेपाल प्रेस युनियन दाङको निर्णय अनुसार दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय समिती गठन गरिएको छ । नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष किरण बिक्रम शाहको संयोजकत्वमा ११ सदस्यीय समिती गठन गरिएको छ । जस्को सह-संयोजक टेक बहादुर पुन, सचीवमा प्रीया स्मृती गजमेर, कोषाध्यक्षमा कौशल अधिकारी र सदस्यहरुमा मेगमान बुढा, ओमप्रकाश बसेल, सपना पौडेल, लालमणी भुसाल, अरुण पौडेल, कृष्ण यादव र सरद सागर देबकोटा रहेका छन् । नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष किरण बिक्रम शाहको अध्यक्षता तथा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य देवेन्द्र बस्नेतको प्रमुख अतिथित्यामा युनियनमा आवद्ध पत्रकारहरुको भेलाले क्षेत्र नम्बर १ मा क्षेत्रीय समिती गठन गरिएको हो ।