अचाक्ली भयो मूल्यबृद्धि मारमा उभोक्ता

असोज ०८, २०८०     बालाराम खड्का


तुलसीपुर ८, असोज । एक किलो काँग्राको मूल्य १ सय छ,अन्य बस्तु पनि छोइ नसक्नु छ । सधैँ मूल्यवृद्धिको मार खेप्ने नेपाली उपभोक्ता गत वर्षको तुलनामा यो वर्ष झन् धेरै मारमा परेका छन् । विगतमा वार्षिक ५देखि १० प्रतिशत मूल्य बढ्ने गरेको थियो, तर यो वर्ष खाद्यान्नमा ५० प्रतिशतसम्म मूल्य बढेको छ । केहि बस्तुमात सतप्रतिसतनै मूल्य वृद्धि भएको छ । अस्वाभाविक मूल्यवृद्धि हुँदा पनि नियन्त्रणका लागि सरकारले प्रभावकारी पहलकदमी लिएको छैन । यसको प्रत्यक्ष मारमा उभोक्ताहरु छन् । चार्डपार्डमा हुने मूल्य वृद्धिले जना निरास छन् । सरकारले सुशासनका कुरा भने गर्ने गरेको छ । तर गरिखाने तल्लो वर्गका जनतालाई चुलो बाल्न कठिन भएको उपभोक्ताहरु बताउछन् ।

विगत दुई महिनायता खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्य १० देखि ५० प्रतिशतदेखि सत प्रतिशत सम्म बढेको छ । उपभोग्य वस्तुको बजार मूल्य आकासिए पनि अनुगमन गरी बजारलाई नियमन गर्नेतर्फ राज्यले चासो राखेको छैन । जसको मारमा आम उपभोक्ता परेका छन् । एक दुई महिनाको अवधिमा चामल र चिउराको मूल्य भने ५० प्रतिशत सम्म बढेको व्यवसायीहरु बताउछन् । नेपालमा अन्य खाद्यान्न, दाल, चिनी, तेलजस्ता चामल मौज्दात राख्न सक्ने अवस्था नरहेको र दैनिक आउने हुँदा भारतमा बढ्नेबित्तिकै नेपालमा बढेको बताएको छ । पछिल्लो एक महिनामा चामलमा प्रतिबोरा ३ सयसम्म बढेको छ । यस अघि १३ सय प्रतिवोरा बिक्री गर्दै आएको चामल अहिले १६ सय पुगेको छ । त्यस्तै १५ सय पर्ने चामल २५ सय सम्म पुगेको छ ।

व्यवसायी खुसलराम शर्माले प्रतिबोरामा २ सय ५० देखि ३ सयसम्म बढेको बताए । ‘भारतबाट आउने सबै चामलको मूल्य बढेको छ, सबैमा वृद्धि भएको छ’, शर्माले भने । त्यस्तै चामलसँगै पछिल्लो समयमा चिनी पनि बढेको छ । यसअघि प्रतिकिलो ९० देखि एक सय पर्ने चिनीको फुटकर भाउ एक सय २५ रुपैयाँ पुगेको छ । प्रतिकिलो ३५ रुपैयाँले चिनी बढेको हो । त्यस्तै भारतले पनि चिनी निर्यात रोकेकाले बजारमा मूल्य बढेको व्यवसायी बताउँछन् । समयमै आयात भएन भने यो वर्ष चाडपर्वमा समस्या हुने बताइएको छ । अहिले भारतमा मूल्य बढ्यो भनेर सजिलोसँग बजारमा पनि मूल्य वृद्धि हुने गरेको केही उपभोक्ता बताउँछन् ।

महिना अघिसम्म एक सय ३० रूपैयाँ किलो पाइने मुसुरीको दाल अहिले एक सय ६० रूपैयाँ किलो पुगेको छ । त्यस्तै किलोको एक सय ८० पर्ने रहरको दाल दुई सय ४०, एक सय ८० रूपैयाँ प्रति किलोको मासको दाल २ सय सम्म पुगेको किराना व्यवसायी समितिका सल्लाहकार हेमराज गौतमले जानकारी दिए । उनका अनुसार ४ सय प्रतिकिलो पाइने जिरा अहिले १ हजार ३ सय रुपैयाँ किलो पुगेको छ । एक महिना अगी जिरा ६, सय देखि ७ सय प्रतिकिलो थियो । त्यस्तै यस अघि ५ लिटर तोरीको तेल एक हजार ६ सय सम्म पुगेको थियो । अहिले भने एक हजार सम्ममा विक्री हुदै आएको छ । मैदाको मूल्यपनि घटेको व्यवसायीहरु बताउछन् । यस अघि प्रतिकिलो एक सयमा पाइने चिउरा अहिले १ सय ५० पुगेको छ । ‘सवै चिजमा मूल्य वृद्धि भएको छ तेल र मैदा भने यस अघिभन्दा घटेको छ –व्यवसायी गौतमले भने ।’ उनले जिरा र चामल धेरै बढेको बताउछन् ।


खाद्यान्न मात्र होइन होटल तथा रेष्टुरेन्टका सामग्री, मरमसला, अस्पतालले दिने चिकित्सकीय सेवा, ग्याास, कपडा, भाडा वर्तन, विद्युतीय सामग्री लगायतका हरेक वस्तुको मूल्य ५ देखि १० प्रतिशतदेखि सत प्रतिशतसम्म बढेको छ । पहिले प्रति पत्ता १सय ३५ पर्ने औषधी अहिले १ सय ५० पुगेको छ । त्यस्तै कपडाहरुको मूल्य पनि त्यतिकै बढेको छ । दुई महिना अघि एक हजार ५ सय पर्ने लगाउने कपडा अहिले किन्दा २ हजार हाल्नु परेको स्थानीय निमकान्त खनालले बताए । ‘साउनदेखि यता मूल्य एकदमै बढेको छ, गाह्रो भएको छ , आय स्रोत केहि छैन उनले भने ।’ खाना पकाउने एलपी ग्यास देखि पेट्रोलियम पद्धार्थको मूल्य पनि दिन प्रतिदिन बढेको छ । यसले गर्दा यस बर्षका चार्डपर्वहरु मंगो हुने स्थानीयहरु बताउछन् । सवै चिजमा महंगी बढेको उपभोक्ताहरु बताउछन् । दैनिक भान्सामा प्रयोगहुने चिरा मसला देखि सागपात सम्ममा गत बर्ष भन्दा यो बर्ष दोवरले मूल्य बढेको छ ।