सातै प्रदेशमा मानव आश्रमको भवन निर्माण गरिनेछ : मुख्यमन्त्री चौधरी

माघ १३, २०८०


लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सातवटै प्रदेशमा मानव सेवा आश्रमको भवन निर्माण हुने बताएका छन् ।सातै प्रदेशका मुख्यमन्त्रीको भेलामा मावन सेवा आश्रमको भवन निर्माणको विषयमा छलफल भएको उनले जानकारी गराए । मानवता प्रर्वद्धन अभियानलाई सफल बनाउन लुम्बिनी प्रदेशले सोही अनुसार वजेट विनीयोजन गरेको बताए । तर उनले कति रकम विनीयोजन गरिएको छ भन्ने कुरा खुलाएनन् शनिवार मानव सेवा आश्रमको भवन निर्माणार्थ श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

महायज्ञको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले मानव सेवा आश्रमको अभियानले सबैलाई एक ठाउँमा ल्याएको बताए । सरकारले गर्नुपर्ने कामलाई मानव सेवा आश्रमले सुरु गरी सरकार–सरकार विचको पुलको काम गरेको प्रति धन्यवाद व्यक्त गरे। “सरकारले गर्नुपर्ने काम आफुले गरी नागरिक र सरकारविच पुलको काम गरेको छ, उनले भने– अब प्रदेश सरकारले आश्रमको भवन निर्माणका लागि बजेटको कमि हुन दिने छैन । अरबौँको लगानीमा आश्रमलाई अगाडी बढाइने छ ।” मावनता भन्दा ठुलो धर्म अरु नहुने कुरालाई महायज्ञको उपस्थितीले प्रमाणित गरेको उनले बताए । मानव सेवा आश्रम यस क्षेत्रको प्रमुख आवश्यता रहेको भन्दै यसको निर्माणमा स्थानीय सरकार र प्रदेश सरकारले कुनैपनि कमी नगर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।