मुख्यमन्त्री र विपक्षीदलका नेता विच भेटवार्ता

फागुन २०, २०८०


लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र विपक्षी दलका तथा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा बीच भेटवार्ता भएको छ । छलफलमा सदनलाई सौहार्द बनाउने, समसामयिक राजनीतिक विषय, लुम्बिनीमा हुन लागेको शिखर सम्मेलन तथा संसदीय समितिको पूणर्ताका विषयमा छलफल भएको छ । छलफलमा संसदीय समितिहरुको आउदो बैठक अघिनै सभापतिको निर्वाचन गरि सक्ने सहमति भएको छ । त्यसै गरेर समृद्ध प्रदेश बनाउन सहमतिका साथ अघि बढ्ने कुरा भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटवार्ता मुख्यमन्त्री निवास प्रदेश प्रशासनीक परिसर राप्ती उपत्यकामा भएको थियो ।