पत्रकार शिव पुन राष्ट्रिय चलचित्र मोफसल पुरस्कारबाट पुरस्कृत

जेठ ०७, २०८१


चलचित्र पत्रकारिता दिवस तथा चलचित्र पत्रकार संघ नेपालको २५ औ वार्षिकोत्सवका अबसरमा पत्रकार शिव पुन पुरस्कृत भएका छन् ।

नेपाल प्रेस युनियन दाङ शाखा कार्यसमिति सदस्य तथा चलचित्र पत्रकार संघ दाङ शाखाका निवर्तमान अध्यक्ष रहेका पत्रकार पुन सोमवार काठमाडौंमा भएको कार्यक्रममा राष्ट्रिय चलचित्र मोफसल पुरस्कार–२०८१ बाट पुरस्कृत भएका हुन ।

विगत डेढ दशकदेखि लुम्बिनी प्रदेशको राजधानी दाङलाई कार्यक्षेत्र बनाएर चलचित्र पत्रकारिता गर्दै आएका पुनमा मोफसलमा रहेर चलचित्र क्षेत्रको विकासमा खेलेको भूमिकाको उच्च मुल्याङ्कन गर्दै पुरस्कृत गरेको हो ।चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष समीर बलामीको अध्यक्षता तथा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको प्रमुख आतिथ्य एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम पत्रकार पुन पुरस्कृत भएका हुन । चलचित्र पत्रकार संघ नेपाल लुम्बिनी प्रदेश संयोजक समेत रहेका पत्रकार पुन तुलसीपुरमा रहेको रेडियो हाम्रो पहुँच तथा हाम्रो पहुँच सेकेण्डरी स्कूलमा कार्यरत रहेका छन् ।