भारतबाट आउनेलाई एन्टिजेन परीक्षण गरेर मात्रै नेपाल आउन अनुमति

बैशाख २०, २०७८     सम्पूर्ण कुरा


प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रण गर्न सरकारले भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्रै नेपाल प्रवेश गर्ने व्यवस्था मिलाइने बताएका छन् ।सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । साथै उनले सवै तहमा कन्ट्याक ट्रेसिङ्ग बढाउन लगाइएको पनि बताएका छन् । ‘स्थलमार्ग, चार्टड वा हवाइ मार्गबाट आउने हरेक व्यक्तिको कोरोना परीक्षण गरीने छ । कोही संक्रमित भए उनीहरुलाई उपचार गरेर मात्रै समुदायमा पठाउने व्यवस्था मिलाइएको छ’, प्रधानमन्त्रीको भनाइ छ ।