छायांकन सुरु नभएपछि मुम्बई पुगिन् अदिती

असार २३, २०७८


यो बर्षको वैशाखको दोश्रो सातासम्म केही चलचित्रको छायांकन धमाधम भैरहेको थियो । तर, कोरोनाको जोखिम बढे सँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी हुन थाल्यो । यसपछि भने चलचित्रको छायांकन रोकियो । निर्देशक सुरेन्द्र पौडेलले चलचित्र ‘बाबरी’को छायांकन पूर्वका विभिन्न जिल्लामा गरिरहेका थिए । तर, छायांकन सुरु भएको १० दिनमै उनले काम रोक्नुपर्यो ।

नायिका अदिती वुढाथोकी निषेधाज्ञाको समयमा नेपालमा नै बसिन् । यसअघि डेढ बर्ष अगाडि यही चलचित्रको छायांकनका लागि अदिती नेपाल आएकी थिइन् । तर, कोरोनाका कारण लकडाउन भएपछि यो चलचित्रको काम सुरु हुन सकेन । चलचित्रको छायांकनको बिषयमा निर्देशक सुरेन्द्र पौडेलले भने, यस्तो अवस्थामा त कसरी छायांकन गर्न सकिएला र खै रु अब हाम्रो योजना भदौबाट छायांकन सुरु गर्ने भन्ने हो ।

१० दिन काम गरेपछि रोक्नुपरेको थियो । यसैले, परिस्थिती सामान्य भएपछि मात्र काम सुरु गर्छौ । अदिती ८ महिना नेपाल बसेर मुम्बई फर्किइन् । फेरि, चलचित्रको छायांकन सुरु हुने भएपछि उनी गत बर्षको फागुणमा नेपाल आएकी थिइन् । यसपटक पनि चलचित्रको छायांकन सुरु गर्न नपाउँदै निषेधाज्ञा भएपछि अदितीले हैरानी ब्यहोर्नु पर्याे, अदिती, फेरि मुम्बई पुगेकी छिन् ।