बेहिसाबको सौन्दर्यले भरिएको “रारा”

भदौ ०५, २०७८     ध्रुव राज न्यौपाने ( डि.आर.एन )


नेपालमा घुम्नैपर्ने स्थान मध्ये एक हो रारा ताल । मुगु जिल्लामा अवस्थित रारा ताल नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । समुद्र सतहदेखि २,९७२ मिटर उचाइमा रहेको ताल १०।८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने लम्बाइ ५ किलोमिटर र चौडाइ ३।२ किलोमिटर छ । तालको गहिराइ १६७ मिटर छ ।

२०७७ साल चैत्र २८ गते शनिवार । अन्य दिन पनि मस्त संग विहानभरी सुत्ने मान्छे म झनै शनिवारको दिन नसुत्ने कुरै भएन । विहान सात बजिसकेको थियो । म भने बेडमै सुतिरहेको थिए । ठिक त्यसै बेला हाकिम साप ( डिल्ली खड्का, प्रमुख प्रशासकीय अधिकृत,परिवर्तन गाउँपालिका,रोल्पा ) उहाँको फोन आयो । फोन के कामका लागि रहेछ भनी मनमनै सोच्दै फोन रिसिभ गरे । एकछिन हाम्रो फोनमा वाचित भयो । फोनमा उहाँले मलाई नयाँ वर्षमा राराताल घुम्न जाने योजना सुनाउनु भयो र मलाई पनि घुम्न जानको लागि प्रस्ताव गर्नुभयो । मैले हतार हतार केहि नसोचि ओके गरे । रारा तालबारे सुन्दै र पढ्दै आएको म पहिलोपटक घुम्न जाने अवसर प्राप्त गरेको थिए । रारा घुम्न जाने भन्नेबित्तिकै मनमा उमंग र उत्साह छायो । बेडबाट जुरुक्क उठे अनि आफ्नो नित्यकर्म पश्चात म हाकिम सापलाई भेट्न गईहाले । भेटेर प्रत्यक्ष रुपमा कुराकानी बुझ्दा हाम्रो टिममा हामि दुई जना संगसंगै सुनछहारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विर बहादुर पुनलेखा प्रमुख हिमाल शर्मा पनि रारा जाने योजना तय भयो । आईतवार अफिसको कामकाज सबै सकेर हामि चैत्र ३० गते दाङ झर्यौ । घरमा एकदिन बसेर हामि अर्को दिन चैत्र ३१ गते रारा को यात्रामा घर देखि निस्कियौ । सुनछहारी गाउँपालिकाबाट पनि हाकिम साप – विर बहादुर पुन सर र लेखा प्रमुख हिमाल शर्मा भाई दाङ आउनुभयो ।
यात्रा हामि ६ जनाको हुने भयो । डिल्ली खड्का,विर बहादुर पुन,म,हिमाल भाई, डिल्ली सरको छोरा राजन खड्का र सवारी चालक हेमराज थापा ।

यात्रा तुलसीपुरबाट सुरु भयो । गाडिमा चडेसंगै रारा तालको हुटहुटीले सताईसकेको थियो । विहान हामि तुलसीपुर देखि सुर्खेत सडकखण्डको बाटो हुदै सुर्खेत पुग्ने योजना बनायौ । खाना कालिमाटिमा खायौ । खाना खाएर हिडे संगै अलि अगाडि पुगेपछि वाटो बन्द रहेछ । बाटो खुल्न एक दुई घण्टा समय लाग्ने भयो । त्यसवेला विरु सरले रारा सम्म पुग्ने माया मारिसक्नु भएको थियो । अत्यन्तै टाढा भएकाले रारा नपुगेर सुर्खेत सम्म पुगेर फर्किम भन्दै हुनुहुनथ्यो । हामिले यसपालि जसरी पनि रारा पुग्नै पर्छ भनेपछि उहाँ पनि मोडिनु भयो । रमाईलो गर्दै यात्रा भयो । पहिलो दिन सुर्खेत हुदै दैलेख र दैलेख हुदै कालिकोटको मान्म बजारसम्म पुग्ने योजना थियो । बाटो अत्यन्तै लामो भएका कारण हामि मान्म बजार सम्म पुग्न सकेनौ । हामि पहिलो दिन राकम कर्णाली जुन मध्य पहाडि लोक मार्ग अन्तर्गत पर्ने मुख्य शहर पनि हो हामि त्यहि बजारमा रहेको सिद्धार्थ होटेलमा बस्यौ । रातको ११ बजे तिर हामि त्यहा पुगेका थियौ । लामो यात्राका कारण शरिर निकै गलेको थियो । हामि रुम गएर सबै जना फ्रेस भयौ र खाना पश्चात भोलिको यात्रा सम्झिदै सुत्यौ ।

भोलि पल्ट दोस्राे दिन वैशाख १ गते अर्थात नयाँ वर्षको सुरुवात भयो । हामि विहानै सबैजना तयार भई राकम कर्णाली बाट फेरी यात्रा सुरु गर्यौ । केहि समयको यात्रा पछि हामि खाजा खान कालिकोटको मान्म बजारमा प्रवेश गर्यौ । मान्म बजार कालिकोट जिल्लाको सदरमुकाम पनि हो । त्यहाँ खाजा खाने समयमा हामीसंग अर्को टिम भेट भयो । जसको नेतृत्व सल्यान सिद्ध कुमाख गापाका प्रमुख प्रशासकीय अधिकृत मार्शल वलीले गर्नुभएको थियो । खाजा पश्चात २०७८ साल वैशाख १ गते नयाँ वर्षको अवसरमा कालिकोटबाट रारा घुम्न जान लागेको सन्देश दिने खाले एउटा तस्विर पहिलोपटक सामाजिक संजालमा सार्वजनिक गरियो ।

यसपटक विशुद्ध अफिसियल घुमघाम थियो । रारा जान लागेको साथिभाईहरुलाई जानकारी गराएको थिएन । कालिकोट बाट फेसवुकको वालमा पोष्टाएको त्यो तस्विरले सबैलाई अचमिम्त पारेको रहेछ । हामि मान्म बजारबाट फेरी यात्रा तय गर्यौ । अव हाम्रो गन्तव्य कालिकोटकै नाग्म बजारको थियो । जहाँबाट जुम्ला र मुगु जाने बाटो तय हुन्छ । हामि विच बाटोमा रमाईलो गर्दै नाग्म बजार सम्म पुग्यौ । त्यहाँ पुगेर हामिले विहानको खाना खायौ र एकछिन नाग्म वजारलाई नियाल्यौ । केहि समयको विश्रामपछि हामी त्यहाँबाट पनि हिड्यौ । नाग्म बजारबाट जव जुम्ला र मुगु जाने वाटो छुटियो त्यसपछि बल्ल हाम्रो राराको यात्रा सुरु भएको जस्तो आभाष भयो । अव बाटो अलि कठिन थियो । करिव ६/७ घण्टा जति कच्चि बाटोको यात्रा गर्नुपर्ने थियो । यात्रा कष्टकर भएतापनि रमणीय थियो । जुम्लाको सिंजा उपत्यका हुदै विभिन्न रमणीय स्थानको अवलोकण गर्दै हामि मुगु प्रवेश गयौ । रारा राष्ट्रिय निकुञ्जको बाटो हुदै जानु पर्ने भएकाले वेलुका ६ बजेभित्रै निकुञ्ज प्रवेश गरिसक्नु पर्ने रहेछ । हामिले समयमानै निकुञ्ज प्रवेश गयौ र यात्रा अगाडि बढायौ । अव भने कतिवेला रारा आउछ भनेर हामि सबैको मन आत्तिएको थियो । अत्तालिएको मन संगै हामि राती करिव ९ बजे रारा ताल नजिकै रहेको सल्लेरी भन्ने स्थानमा पुग्यौ जहाँ बाट ताल करिव आधा/एक घण्टा टाढा रहेछ ।
रारा ताल घुम्न जानेहरुका लागि बसोवास र खाने ठाउँ यहि रहेछ । पाँच/सात वटा होटेलहरु रहेछन् । वैशाखको महिना पनि निकै जाडो । त्यहि एउटा होटेलमा कुरा गरी हामी पनि त्यहि बास वस्ने निधो गर्यौ । वैशाख महिनामा पनि आगो ताप्नु पर्ने ठाउँ । आगो ताप्दै खाना खायौ र आ–आफ्नो कोठामा गएर सुत्यौ । राति सुत्दा समेत सायद हामि सबैजना रारा तालकै कल्पनामा सुत्यौ ।
विहान भयो ।
महिना वैशाख, गते २, बार विहिवार । गन्तव्य राराको…

सल्लेरीबाट खाजा खाएर हामि हिड्यौ । कतिपय मानिस त्यहि स्थानबाट घोडा सवार गर्दै रारा पुग्ने रहेछन, त कति भने केहि कोष पर सम्म गाडि लगेर जादा रहेछन् । हामि त्यहाँ बाट गाडिमा गयौ । गाडि लग्न पाउने अन्तिम विन्दु सम्म हामि गाडिमै गयौ । अनि त्यहाँ बाट हामी हिड्दै रारा ताल सम्म पुग्यौ । आफ्नै अगाडि रारा ताल देख्दा छुटै दुनियामा गएको आभाष भएको थियो । कल्पना गरेको भन्दा सुन्दर ।

दिनभरिमा आफ्नो रुप फेरिरहने रारा, स्वर्गकी अप्सराझैं देखिने रारा र जैविक विविधताले भरिपूर्ण तालमा पुग्दा खुसिको सिमानै रहेन । बाटोभरी यात्राका क्रममा पाएको सबै दुखहरुलाई राराले सजिलै विर्साइदियो । रारामा पुग्दा र स्वर्गकी अप्सरालाई क्यामरामा कैद गर्न पाउँदा म लगायत हामि सबै साँच्चिकै उत्साहित भयौ ।

कर्णाली प्रदेश मुगुको छाँयानाथ रारा नगरपालिकामा अवस्थित रारा तालको सौन्दर्य भयकंर रहेछ । ताल वरपर चारैतिर हरियाली वातावरण पाउन सकिन्छ । रारा राष्ट्रिय निकुञ्जबीचको घना जङ्गलको काखमा बसेको रारा ताल नेपालको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचित छ जुन नेपालकै सबैभन्दा ठुलो ताल पनि हो । हामि देशको प्राय सबैजसो भुभागतिर वातावरण अलि प्रदुर्षण भएको समयमा रारा पुगेका थियौ । वातावरण प्रदुर्षणले अल बढि बाक्लो हुस्सु लागेको थियो । त्यस्तो समयमा पनि हामिले रारा तालको सुन्दरतामाथि प्रश्न गर्न सकेनौ ।

रारा तालको सौन्दर्यतालाई कुनै हिसाबले वर्णन गर्न सकिदैन । यसको सौन्दर्य बेहिसाबको छ । राराको सौन्दर्यकोे वर्णन गर्ने प्रयास राजा महेन्द्रले पनि नगरेका होईनन । उनले यो ताललाई स्वर्गकी अप्सरा उपमा दिएका थिए । २०२० सालमा रारा भ्रमणमा पुगेका तत्कालीन राजा महेन्द्रले यसलाई स्वर्गकी अप्सरा उपमा दिएका थिए । उनले राराकी सुन्दरी नामको कविता लेखेर रारालाई स्वर्गकी अप्सरा भनेका छन् । पछि उनकै नाम राखेर रारालाई महेन्द्र ताल पनि भनियो ।

चैत बैशाखमा एक खालको र भदौ, असोज, कार्तिकमा अर्को खालको मौसम दुबै रारा भ्रमणको लागि निकै उपयुक्त मानिदा रहेछन् । असार, साउनमा तालले फरक खालको सुन्दरता दिदो रहेछ । वरपरी भएका फुलहरु फुलेर तालको सोभा अझ बढ्ने रहेछ । मंसिर, पुस, माघमा ताल निकै सफा देखिने भएपनि चिसो अत्यधिक हुन्छ अरे । तर यो समय साहसिक पर्यटकको निम्ती उपयुक्त मान्न सकिन्छ । यति हुँदा हुँदैपनि रारा भ्रमणका निम्ति योजना बनाइसकेपछि कुनै मौसम कुरिरहन आवश्यक छैन । जुनसुकै समयपनि आफू अनुकुल बनाएर रारा ताल जान सकिन्छ ।

रारा तालले हामि सबैलाई आनन्दमय बनायो । त्यहि बसिरहौ लाग्ने ,ताल संगै लुकामारी खेलिरहु लाग्ने,तालसंगै बसेर रमाईराखु लाग्ने,जिन्दगीभरका सबै सुख दुखहरुलाई ताल संगै साटु साटु जस्तो लाग्ने । हामिले भरपूर मात्रामा तालको अवलोकन गर्याै र रारा ताल सङ्ग आँखा जुधाउदै मीठो मुस्कान सहित घोडा सवार गरी गाडि भएको स्थान सम्म आईपुग्यौ । त्यहाबाट हामी गाडि चढि फर्किने जमर्को गर्यौ । यहि क्रममा जुम्लाको सदरमुकाम खलगां घुम्ने पनि अवसर प्राप्त भयो । जुम्ला पुग्दा सम्म भने म एकदमै लामो यात्राका कारण विरामी भईसकेको थिए । एकदिन जुम्लामै बसेर अर्को दिन जुम्लाबाट हिड्दा औषधीको साहारामा हिडेको म सुर्खेत आईपुग्दा झनै शिथिल भएको थिए । जादा जति रमाईलो गर्दै गइयो आउदा विरामी भएका कारण त्यति आनन्द लिन सकिएन । सुर्खेतमा एक रात विताएपछि हामि पुन : सुर्खेत हुदै तुलसीपुर प्रवेश गर्यौ । बैशाख ४ गते घर पुगियो । घर पुगेको केहि दिन सम्म रेष्ट गर्दा पनि म ठिक नभए पछि कोरोना चेक गराउने मनस्थितीमा पुगे । कोरोना चेक गराउदा अन्ततः रिपोर्ट पोजेटिभ आयो । रारा यात्राको यादहरु हट्न नपाउदै संघर्षका दिन सुरुवात भए । कोरोना कहरका विच कोरोनालाई पराजित गरेको आज तीन महिनापछि राराको त्यो सौन्दर्यता र मनमोहकता, मन मष्तिस्कबाट शव्दमा रुपान्तरण भएको छ ।

लेखक परिवर्तन गाउँपालिका, रोल्पाका लेखा अधिकृत हुनुहुन्छ ।
लेखकको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लिक गर्नुहोस ।

https://www.facebook.com/dhrubarajneupane.drn/

यो पनि पढ्नुहोस् ।