आज दोस्रो ओडीआईमा नेपाल र पपुवा न्युगिनी भिड्दै
आज दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा खेलमा नेपाल र पपुवा न्युगिनी भिड्न लागेका छन्।
दुई खेलको शृंखलाअन्तर्गत आज अपराह्न ४ः१५ बजे दोस्रो खेल हुन लागेको हो। ओमानको अल अमिरात क्रिकेट मैदानमा डे-नाइट खेल हुनेछ।
यो नेपालका लागि पहिलो डे-नाइट एकदिवसीय अन्तराष्ट्रिय खेल हुनेछ। यसअघि नेपालले डे-नाइट खेल खेलेको थिएन।
पहिलो खेल नेपालले जितको थियो। दुई विकेटले जित्दा रोहितकुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय शृंखला अघि नेपालले पीएनजीसँग खेलिरहेको छ। लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले पहिलो खेल अमेरिकासँग भदौ २८ गते प्रतिस्पर्धा गर्नेछ।
नेपालले दोस्रो खेलमा ओमानसँग भदौ २९ गते हुनेछ। यस्तै तेस्रो खेल अमेरिकासँग असोज १ गते र अन्तिम खेल ओमानसँग असोज ३ गते हुनेछ।