दसैँमा ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ प्रदर्शन हुने

असोज २०, २०७८


लामो समयपछि फिल्म हल चल्ने खुसीले दर्शक तथा फिल्मकर्मीमा उत्साह थपिदिएको छ । प्रदर्शनको सुरुवात कुन र कस्तो फिल्मबाट हुने हो भन्ने कौतुलता सबैमा होला किन भने प्रदर्शनको पालो पर्खेर बसेका दर्जन बढी फिल्म छन् । प्रदर्शनको पालो पर्खिने फिल्म धेरै भएपनि यो पटकको दसैँमा दर्शकले हलमा ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ दुई फिल्म हेर्न पाउने छन् । फरक–फरक बिषयमा बनेका दुवै फिल्म एकसाथ फुलपातीमा रिलिज हुने तरखरमा छ, दुबै फिल्म राम्रो भएको निर्माण युनिटहरूको दाबी छ ।

‘डाँडाको वरपीपल’ शोभित बस्नेतले निर्देशन गरेको फिल्म हो ‘डाँडाको वरपीपल’ एक प्रेमजोडीले भोग्नुपर्ने अनेक दुःखका कथा समेटिएको फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय छ । फिल्म यही असोज २६ गते दशैंको अवसर पारेर रिलिज हुँदैछ । बूढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नवराज गिरी हुन् ।

‘धन्दागिरी’ ‘धन्दागिरी’ एनबी अन्जानले निर्देशन गरेको फिल्म हो, फिल्ममा सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, दीपक क्षेत्री, बिएस राणा, विपना बस्नेत, सुवास गजुरेल, सुनिल कटुवाल, सविता रेग्मी लगायत कलाकारको अभिनय छ । दिनेश खड्का एसोसिएट निर्माता रहेको फिल्मको कार्यकारी निर्माता कुमार प्रसाद ओझा हुन् ।