ओमिक्रोन नेपालमा भित्रन नदिन भारतसँग जोडिएका सीमा क्षेत्रमा उच्चस्तरीय सुरक्षा सतर्कता : प्रजिअ हिरालाल रेग्मी

मङि्सर १७, २०७८


मसिर,१७ । दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाकाको स्थलगत अनुगमन तथा अवलोकन गर्नुभएको छ ।कोरोना भाइरस (कोभिड १९) को नया रूप (भेरियन्ट) ओमिक्रोन नेपालमा भित्रन नदिन भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा उच्चस्तरीय सुरक्षा सतर्कता अपनाउन दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिहीबार कोइलाबास नाकाको स्थलगत अनुगमन तथा अवलोकन गर्दै सुरक्षा प्रमुखहरुलाई समन्वय गर्दै नाकामा निगरानी गर्न निर्देशन समेत दिनुभएको छ ।