माघी पर्बको अबसरमा दाङ कांग्रेसद्वारा शुभकामना व्यक्त,सामाजिक एकता,भाईचारा र सद्भावको बिकास गर्न अनुरोध

माघ ०१, २०७८     शरद रेग्मी


माघी पर्व तथा थारु सम्वत २६४५ को अवसरमा नेपाली काङ्ग्रेस दाङले शुभकामना व्यक्त गरेको छ ।
नेपाली काङ्ग्रेस दाङका सभापति शंकर डाँगी र सचिव अर्जुन योगीले एक विज्ञप्ति जारी गरी माघिको अबसरमा शुभकामना प्रदान गरेका हुन् । माघी पर्वको अवसरमा सम्पूर्ण दाङवासीमा शुभकामना प्रकट गर्दै जारी गरिएको विज्ञप्तिमा थारु समुदायको नयाँ वर्षको रुपमा रहेको माघी पर्वले सद्भाव कायम गर्ने शुभेच्छा प्रकट गरिएको छ । ‘थारु समुदायको नयाँ वर्ष तथा महान पर्व माघीले सद्भाव र सदाशयता कायम गर्दै सबैमा भाइचाराको सम्बन्ध कायम गरोस् ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै कोरोना महामारी समुदायमा फैलिरहेको हुदा स्वास्थ्यको मापदण्ड पालना गर्दै चाडबाड मनाउन समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

थारु समुदायमा माघ १ गतेलाई नयाँ बर्षका रुपमा धुमधामका साथ माघी पर्व मनाउने गर्दछन् ।
सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी मान्यजनका घरमा गएर आशिर्बाद लिने परम्परा थारु समुदायको छ ।
लुम्बिनि प्रदेशमा सरकारले माघ २ गते सार्बनजिक बिदा दिने निर्णय गरेको छ ।