प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

जेठ २१, २०८०


जेठ २१, प्रतिपक्ष दलहरुको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको भोलि बस्ने भएको छ । संसद सचिवालयका सचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै सोमबार ११ बजे बस्ने बताएका छन् । राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले जवाफ मागेको छ ।

प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने प्रतिपक्ष दलहरुको अडान छ । राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने एमालेको रणनीति छ ।त्यस्तै रास्वपा र राप्रपाले संसद छलेर गरिएको नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन् ।