अमेरिकन आइडलको टप-२० मा परे दिवेश

चैत २५, २०७६


‘अमेरिकन आइडल’को १८ औं संस्करणमा सहभागी नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट २० मा परेका छन्।

आयोजक ‘अमेरिकन आइडल’ले हिजो अप्रिल ५ मा टप २० प्रतिष्पर्धीको नाम सार्वजनिक गरेको हो।

२१ वर्षीय दिवेश कार्यक्रममा ‘आर्थर गन’को नामबाट प्रतिष्पर्धा गरिरहेका छन्।

टप-२० मा पुगेका दिवेशको प्रस्तुति हेर्न उनको परिवार पनि कार्यक्रममा पुगेको थियो। कार्यक्रममा यसपटक उनले बब मार्लीको ‘इज दिस लभ’ बोलको गीत गाएर सुनाएका थिए।