भुवन–साम्राज्ञीविच आरोप–प्रत्यारोप (भिडियो सहित)

असार १५, २०७७



नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले अहिलेसम्म ८ वटा चलचित्रमा काम गरेको र यसमध्ये ३ वटा चलचित्रमा निकै नै नराम्रो व्यवहार भोगेको बताएकी थिईन । उनले आफूले सबै कुरा भन्न नसक्ने पनि बताएकी थिईन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियोमार्फत आफ्नो मनको कुरा सेयर गर्दै साम्राज्ञीले समयमै खाना, पानी उपलब्ध नहुँदा यो विषयमा बोल्दा समेत अपशब्द प्रयोग भएको बताएकी थिईन । उनले आफूलाई यस्तो विषयमा बोल्दा निकै नै नराम्रो व्यवहार भएको भन्दै धेरै बेर रोएर फेरि केही नभएजस्तो गरेर काममा फर्किएको अनुभव पनि सुनाएकी थिईन ।

यि सवै कुरा प्रति चलचित्र निर्माता तथा नायक भुवन केसीले आफ्नो फेसवुक मार्फत साम्राज्ञी प्रति कडा व्यङ्ग्य प्रहार गरेका थिए । उनले खान नपाएको भन्दै सामाजिक संजालमा रोई कराई गर्ने हिरोईन अहिले कुन फिल्मको नाम वेचेर खाईरहेका छन् । जुन थालमा खाने त्यहि थालमा दुलो पार्ने ? सामाजिक संजालमा गर्ने जत्तिकै अभिनय फिल्ममा पनि गरे हुने नि भन्दै कडा प्रतिक्रिया दिएका थिए ।

यसैविच उनको यो प्रतिक्रियाका विच साम्राज्ञीले पुन आफ्नो भिडियो मार्फत भुवनलाई कडा जवाफ दिएकि छिन् ।

हेर्नुहोस उनको भिडियो

भिडियाे सिनेपाटिबाट